नियम ६२
अड्डा अदालत उपस्थित गराउने
(१) ऐनको दफा १५ बमोजिम थुनुवा वाकैदीलाई अड्डा अदालतमा हाजिर गराउन पूर्जी प्राप्त भएमा सम्बन्धित कारागारले त्यस्तो थुनुवा वा कैदीलाई तोकिएको दिन र समयमा आवश्यक सुरक्षाको प्रबन्ध गरी प्रहरीमार्फत अड्डा अदालतमा उपस्थित गराउनु पर्नेछ । सम्बन्धित प्रहरीले काम
नसकिन्जेल अड्डा अदालतमा पर्खी काम सकेपछि थुनुवा वा कैदीलाई अड्डा अदालतबाट फिर्ता लगी कारागारमा बुझाउनु पर्नेछ ।
तर इजलास कोठाभित्र थुनुवा वा कैदीको जिम्मा इजलासले तोकिदिएको कर्मचारीको हुनेछ ।
(२) कारागार बाहिर कुनै थुनुवा कैदीलाई पठाउनु पर्दा निजको निजी सामान केही भए सो सामान नाइके सहनाइकेको जिम्मा दिनु पर्छ ।